म्यान्चेस्टर सिटी र लियोन नकआउट चरणमा प्रवेश

एजेन्सी । म्यान्चेस्टर सिटी समूह ‘एफ’को जारी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जर्मन क्लब होफेनहाइमलाई २-१ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको १६ औँ मिनेटमा होफेनहाइमका लागि आन्द्रेज क्रमारिचले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाए ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा सिटीका लोरी सानेको गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्युरी समयमा सानेले गोल गरे । दोस्रो हाफमा अझ सुधारिएको खेल खेलेको सिटीका लागि सानेले दोस्रो गोल गरे । निर्धारित समयसम्म होफेनहाइमले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल आफ्नो पक्षमा पा-यो ।

जीतपछि म्यान्चेस्टर सिटीले ६ खेलबाट १३ अंक बनाएको छ । 

त्यस्तै यसै समूहबाट लियोन पनि समूहको उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा भने लियोनले शाख्तर डोनेक्ससँग एक-एक गोलको बराबरी खेल्यो ।

खेलमा अग्रता भने शाख्तर डोनेक्सले लिएको थियो । उनले खेलको २२ औँ मिनेटमा रिबेर्रो मोराइस जुनियरले गोल गरे । यता लायनका लागि भने खेलको ६५ औँ मिनेटमा फेकिरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीपछि लियोनले ८ अंक बनाएको छ । 

बुधवार राति नै भएको अन्य खेलहरुमा समूह ‘जी’मा रहेको रियल म्याड्रिड हारका बाबजुत पनि नकआउट चरणमा प्रवेश गरेको छ । रियल म्याड्रिड सिएसकेए मस्कोसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

हारपछि १२ अंकका साथ रिल म्याड्रिड अघिल्लो चरणमा पुगेको हो । बुधवार राति नै भएको अन्य खेलहरुमा भिक्टोरिया प्लेजन र बेन्फिका विजयी भएको छ । एजाक्स र बार्यन म्युनिखबीचको खेल भने तीन-तीन गोलको बराबरीमा सकिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?