कांग्रेस अध्यक्ष राहुल गांधीले आज तीन मुख्यमन्त्रीलाई जिम्मेवारी दिन सक्ने

एजेन्सी । राजस्थान, मध्यप्रदेश र छत्तिसगढको नयाँ मुख्यमन्त्रीको फैसला आज ‘बिहीवार’ हुन सक्ने बताइएको छ । 

मंगलवार मात्रै सकिएको विधानसभाको चुनावको विजेता कांग्रेसले तीन राज्यको मुख्य मन्त्रीको घोषणा बिहीवार गर्न लागेको हो । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाका अनुसार पार्टी अध्यक्ष राहुल गान्धीले नवनिर्वाचित नेताहरुलाई कुन राज्यको मुख्यमन्त्री बनाउँदै छन् त्यो चाडैं थाँहा पाउने समेत बताए ।

अध्यक्ष गान्धीले तीन राज्यको लागि जिम्मेवारी समेत दिएका छन् । एके एंटनीलाई मध्य प्रदेश, मल्लिकार्जुन खड़गेलाई छत्तिसगढ तथा  केसी वेणुगोपाललाई राजस्थानको पर्यवेक्षकको जिम्मेवारी दिएका छन् । 

यसैबीच मध्य प्रदेशमा  कमलनाथ र ज्योतिरादित्य सिंधिया मुख्यमन्त्रीको दौडमा रहेका छन् । त्यस्तै राजस्थानमा सचिन पायलट र अशोक गहलोत मुख्यमन्त्री बन्ने होडमा रहेका छन् । 

चंद्रशेखरले मुख्यमन्त्रीको शपथ लिदै 

यता बिहीवारै तेलंगाना राज्यको प्रमुखमा चंद्रशेखर रावले मुख्यमन्त्रीको शपथ लिदैछन् । केसीआरको यो दोस्रो कार्यकाल रहेको बताइएको छ । चंद्रशेखर रावले राजभवनमा आज दिउँसो नेपाली समयानुसार पौने २ बजे शपथ लिन लागेका हुन् ।

उनलाई पद तथा गोपनियताको शपद ग्रहण गराइने भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?