राष्ट्रपति ट्रम्पका पूर्व वकिल कोहेनमाथि तीन वर्षको जेल सजाय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई तीन वर्षको जेल सजाय सनाएको छ । 

अमेरिकाको संसदमा झुट बोलेको भन्दै उनलाई जेल सजाय दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । साथै उनले अमेरिकाको चुनावको दौरान नियम उल्लंघन समेत गरेको बताइएको छ ।

कोहेनमाति सन् २०१६ मा भएको चुनाव प्रचार-प्रसारका बेला उनले दुई महिलालाई भोट किन्नको लागि नगद दिएको आरोप लागेको थियो । ती महिलाको बयानको आधारमा कोहेनमाथि सजायको फैसला सुनाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?