‘ए’ डिभिजन लिगमा सरस्वतीको तेस्रो जीत

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फटबल प्रतियोगितामा संकटा क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लबले न्युरोड टिम ‘एनआरटी’ क्लबलाई एक-शुन्य गोल अन्तरले पराजित गरेको हो । जारी लिगको सरस्वती क्लबको यो तेस्रो जित हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । सरस्वतीका लागि भिक्टोर एमओबीले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

निर्धारित समयसम्म एनआरटीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-यो । लिगमा खराब प्रर्दशन गरेको एनआरटी लगातार हार बेर्होदै आइरहेको छ ।

सरस्वती क्लबले ८ खेलबाट ९ अंक बनाएको छ । मनाङ मस्याङ्दी क्लब २१ अंकका साथ लिगको शीर्ष स्थानमा छ । १८ अंकका साथ संकटा दोस्रो तथा १५ अंकका साथ त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?