काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेको बताएका छन् । क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको बताएका हुन् ।
यद्यपी, सेभेन थ्री स्पोर्ट्सले म्याच फिक्सिङमा आफुहरु संग्लग्न नभएको दाबी गरेको छ । सेभेन थ्री स्पोर्ट्सले बिहीबार एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको दाबी गरेको छ ।
सेभेन थ्री स्पोर्ट्सले विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको समेत उल्लेख गरेको छ । ‘म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते छ । प्रकाशित विभिन्न समाचारको जवाफमा सेभेन थ्री स्पोर्ट्सले यसलाई रेकर्डमा राख्न चाहन्छ। सेभेन स्पोर्ट्सले सबै दाबीहरूलाई कडा रूपमा अस्वीकार गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया