सन्दीप नेपालका लागि चाहिने खेलाडी : अध्यक्ष चन्द

लोकपथ
133
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएका छन् ।

क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका लामिछानेलाई नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका हुन् ।

‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसिसिले क्यानलाई कानुन अनुसार अघि बड्नु भनेको छ । हामी त्यो विसयमा सोचिरहेका छन् ।’ अध्यक्ष चन्दले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?