दर्नालको सक्रियतासँगै अवैध धन्दा गर्ने धमाधम पक्राउ

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकको ईलाका प्रहरी कार्यालय मेलम्चीमा प्रहरी प्रमुखको परिवर्तन भएसँगै अबैध काम गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन् । 

ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रमुखमा प्रहरी निरिक्षक महेन्द्र दर्नालले जिम्मेवारी सम्हालेसँगै विभिन्न अपराधीक गतिविधि नियन्त्रणमा आएको हो ।

गत मंगलवार मात्रै उनको कमाण्डमा खटिएको गस्तीटोलीले अवैध रुपमा चोरी पैठारी भएको काठ जफत गरेको थियो ।

प्रहरी निरिक्षक दर्नालको गस्ति टोलीले मेलम्ची नगरपालिका वडा नं। ४ पिप्लेबाट बा ५ ख ३४१६ नं। को मिनि ट्रकमा अबैध रुपमा चोरी पैठारी भएको उतिसको अबैध काठ १ सय ४८ क्युफिटसहित गाडिमा सवार चालक सहित ४ जनालाई नियन्त्रणमा लिएका थिए । 

बरामत गरिएको उक्त काठ सिन्धु सुरुङबाट काठमाण्डौं लैजान लाग्दा उनीहरुलाई पक्राउ गरिएकोे प्रहरी निरिक्षक दर्नालले लोकपथलाई बताए । अवैध काठ तस्कर चारै जनालाई नियन्त्रणमा लिई ईलाका बन कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा बुझाईएको छ ।

गत मंगलवार नै लमजुङका नन्द राम घलेको बा ९६ प ९३६० नं। को पल्सर मोटरसाइकल काठमाडौंको गैरीगाउँबाट हराएको थियो । सोही मोटरसाईकल बा ९६ प २९८६ नम्बरको अर्को नम्बर प्लेट राखी चलाईरहेको अवस्थामा पक्राउ गरिएको थियो । 

दर्नाल मेलम्चीमा प्रहरी प्रमुख भएसँगै चोरीको मोटरसाइनल समेत निणयन्त्रमा आएका आएका छन् ।

गत मंगलवार नै लमजुङका नन्द राम घलेको बा ९६ प ९३६० नं। को पल्सर मोटरसाइकल काठमाडौंको गैरीगाउँबाट हराएको थियो । सोही मोटरसाईकल बा ९६ प २९८६ नम्बरको अर्को नम्बर प्लेट राखी चलाईरहेको अवस्थामा पक्राउ गरिएको थियो । 

‘प्रहरीले नियमित चेकजाँच गर्दा मोटरसाइकलमा नक्कली चालकले कागजपत्र ल्याउँछु भन्दै भागेको थियो’, उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?