२०१८ मा गुगलमा सर्वाधिक खोजियो यी अभिनेत्रीलाई, को को खोजियो अरु ?

नयाँ दिल्ली– अभिनेत्री प्रिया प्रकाश वारियर २०१८ मा गुगलमा सर्वाधिक खोजिनेको सूचीमा परेकी छिन् ।  भारतमा सन् २०१८ मा उनलाई गुगलमा सर्वाधिक खोजिएको हो । 

प्रिया सोसल मिडियामा आँखा झिम्क्याएको भिडियोका कारण चर्चामा रहेकी थिइन् ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चित भएकी थिइन् ।

सो भिडियो उनी अभिनित फिल्म ओरु अड्डार लभको गीतको एक अंश थियो । 

यस्तो छ गुगलमा खोजिनेको सूची 
निक जोन्स  (हालै अभिनेत्री प्रियंका चोपडासँग विवाह बन्धनमा बाँधिएका गायक), हरियाणाकी गायिका सपना चौधरी,प्रियंका चोपडा, सोनम कपूरका पति आनन्द आहुजा, सैफअली खानकी छोरी सारा अली खानm सलमान खान, ब्रिटीस राजकुमार ह्यारीसँग विवाह गर्ने अमेरिकन अभिनेत्री मेगन मर्केल, भजन गायक अनूप जलोटा र दिवंगत अभिनेत्री श्रीदेवीकी पति बोनी कपूर । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?