‘क्याप्टेन’ गीतमा उपासनासँग अनमोलको रोमान्स (भिडियो)

काठमाडौं । अनमोल केसी र उपासना सिंह ठकुरी स्टार चलचित्र ‘क्याप्टेन’ को गीत सार्वजनिक गरिएको छ । आज काठमाडौंको क्युज सिनेमा हलमा एक विशेष कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो ।

सुगम पोखरेल र अन्जु पन्तको आवाजमा रहेको यो गीतलाई दिग्गज धौरालीले लेखेका हुन् भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा एकअर्काले गर्ने मायाको भावनालाई प्रस्तुत गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा सुदीप बरालको छायांकन रहेको छ । यस्तै गीतमा अनमोल केसी र उपासना शाही ठकुरीको केमेस्ट्री देखाइएको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अनमोल र उपासनासँगै सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई? राजाराम पौडेल लगायतले अभिनय गरेका छन् ।

साथै यही फिल्मबाट अभिनेत्रीमा प्रियंका एमभी र गीतमा देखिएकी उपासनाले रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् भने सामीप्यराज तिमिल्सिनाले फिल्म लेखेका हुन् ।

यस्तै चलचित्र आगामी फागुन १७ गतेबाट प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?