सारासँगको प्रेमसम्बन्धका बारेमा अनमोलको यस्तो जवाफ

काठमाडौं । युवास्टार अनमोल केसी पछिल्लो समय चलचित्र ‘क्याप्टेन’ का कारण चर्चामा छन् । त्यसो त अनमोलको चर्चा प्रायः भएकै हुन्छ । कहिले अनमोलले लिएको पारिश्रमिकको कुरा हुन्छ त कहिले उनको व्यक्तिगत जीवनको पनि गसिप बनिरहेको छ ।

यतिबेला भने अनमोल फिल्म सँगसँगै नायिका सारा सिर्पालीसँग नाम जोडिएका कारण चर्चामा छन् । केही दिनयता नेपाली फिल्मकी नायिका सारा सिर्पाली र अनमोल केसी गहिरो प्रेममा रहेको गसिप बनिरहेको छ । यो हल्लाको दुवैले खण्डन गरिरहेका छन् । तर मिडियाले समाचार लेख्न छोडेका छैनन् ।

बिहीवार चलचित्र ‘क्याप्टेन’ को गीत रिलिज कार्यक्रम थियो । उक्त कार्यक्रममा अनमोल केसी पनि उपस्थित थिए । फिल्मको गीत रिलिज गरियो । गीतको मेकिङका विषयमा पनि कलाकारले आ–आफ्ना कुरा राखे । प्रश्नोत्तरकै क्रममा एक पत्रकारले सोधे – तपाईंको नायिका सारा सिर्पालीसँग प्रेम सम्बन्छ छ भन्ने सुनिन्छ नि, के हो?

अनमोल एकदमै भद्र भएर खिस्स हाँसे र भने – ‘मेरो पनि लभ? उहाँसँग मेरो भेट छ तर हामी प्रेममा छैनौँ, एउटै क्षेत्रमा भएकाले पनि कहिलेकाहीँ बोलचाज हुन्छ, के साथी बन्न सक्दैनौँ र?’

उनले सारासँग आफू साथी रहेको स्वीकारे । तर सारासँग प्रेममा रहेको कुरालाई चाहिँ उनले ठाडै इन्कार गरे । सारासँग आफू एकदुई भेटेको चाहिँ उनले स्वीकारे । साराले पनि आफू अनमोलसँग प्रेममा नरहेको तर कहिलेकाहीँ बोल्ने गरेको स्वीकारे ।

यता अनमोलले सारालाई इन्स्टाग्राममा पनि फलो गरेका छन् । अनमोल र सारा प्रेम सम्बन्धमा रहेको गाइँगुइँ भने चल्न छोडेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?