प्रदीपको ‘लिलिबिली’ युट्युबमा रिलिज (भिडियो)

काठमाडौं । अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको केही महिनामै यो फिल्म युट्युब रिलिज गरिएको हो ।

काफिया फिल्मको ब्यानरमा बनेको यो फिल्म सुदीप खड्का र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

चलचित्रमा गोविन्द शाही र सुदीप खड्काको लगानी, सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स रहेको छ ।

यो चलचित्रले सिनेमा घरमा खासै व्यापार गर्न सकेको थिएन । यद्यपि प्रदीप खड्का र जसिता गुरुङको जोडीको भने तारिफ गरिएको थियो । फिल्मको कथानकलाई झुर भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?