उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते

काठमाडाैं । उदयपुरको लिम्चुङबुङ गाँउपालिका ४ मा विहिबार राती ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

दुर्घटनामा परी लिमचुङबुङ ४ बलम्ताका २२ वर्षे चालक सुविन राई र सोही स्थानका स्थानीय २४ वर्षे पवन राईको मृत्यु भएको हाे । ट्याक्टरमा सवार बाँकी ८ जना घाइते भएकाले जिल्ला अस्पताल गाईघाट ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिनुभयाे ।

दुर्घटना स्थल सदरमुकाम गाईघाटबाट ९० किलोमिटर विकट क्षेत्रमा पर्दछ । दुर्घनाकाे कारण र ट्याक्टर नम्बर खुल्न  बाँकी रहेकाे प्रहरीकाे भनाइ छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?