उपाध्यक्ष तिम्सिना सम्मानित

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई सम्मान गरेको छ । 

राखेपको उपाध्यक्ष पदमा मनोनित भएको तिम्सिनालाई सम्मान गरिएको हो । तेह्रथुम तिम्सिनाको गृह जिल्ला हो ।

म्याङलुङ नगरपालिकाका मेयर सञ्जु तुम्बाहाम्फेले उपाध्यक्ष तिम्सिनालाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?