पूर्वलडाकू मेटासिट बोकेर मन्त्री निवास पुगेपछि…

सशस्त्र द्वन्द्वका क्रममा घाइते कुलप्रसाद भट्टराई बिहिबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट ।
 प्रहरीले उनको साथबाट ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सरकारले घाइतेको उपचार र सुविधाको लागि गरेको सम्झौता पालना नगरेका कारण विरोध स्वरुप विष सेवन गर्न लागेको उनले जानकारी दिए ।
गत मंसिर ५ गते उनले गृह मन्त्रालयमा गृहमन्त्रीकै सामुन्ने विष सेवन गरेका थिए । त्यतिबेला उनी चार दिन अस्पताल बसेर डिस्चार्ज भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?