आर्सनल समूह विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश

एजेन्सी । इंग्लिस क्लब आर्सनल समूह ‘इ’ को विजेता बन्दै जारी युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

बिहीवार राति सम्पन्न भएको समूह चरणको अन्तिम खेल आर्सनलले क्वाराबाग एफकेलाई १-० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । आसर्नलका लागि एलेक्जेन्डर लाकाजेट्सले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

उनले खेलको १६ औँ मिनेटमा पहिलो गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा भने आर्सनलले गोल गर्न सकेन । निर्धारित समयसम्म क्वाराबागले पनि केही गोल गर्ने मौका पाउपनि सदुपयोग भने गर्न सकेन र खेलमा हरा बेर्हो-यो ।

जितपछि आर्सनलले ६ खेलबाट १६ अंक बनाएको छ । त्यस्तै यहि समूहको उपविजेता बन्दै स्पोर्टिङ सिपी पनि नकआउट चरणमा प्रवेश गरेको छ । बिहीवार राति भएको खेलमा स्पोर्टिङ सिपीले बोर्स्क्ला पोल्टाभालाई ३-० ले पराजित ग-यो ।

जितपछि ६ खेलबाट १३ अंक बनाएको स्पोर्टिङले अघिल्लो चरणमा प्रवेश गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?