चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश

एजेन्सी । जारी युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत इंग्लिस क्लब चेल्सीले भिडी एफसीसँग बराबरी खेलेको छ । 

बिहीवार भएको खेलमा चेल्सीले हंगेरीको क्लब भिडी एफसीसँग दुई-दुई गोलको बराबरी खेलको हो । चेल्सीका लागि खेलको ३० औँ मिनेटमा विलियनले गोल गर्दै खेललाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३२ औँ मिनेटमा चेल्सीका इथान अम्पाडुले आत्मघाति गोल गरे । सो गोलको मदतले भिडी एफसीले खेलमा एक-एक गोलको बराबरीमा पु¥याए । पहिलो हाफसम्म बराबरीमा रोकिएको भिडीका लागि ५६ औँ मिनेटमा लोइच नेगोले गोल गरे ।

रोमाञ्चक बनेको खेलको ७५ औँ मिनेटमा चेल्सीका लागि ओलिभर जेरुडले गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याए । बराबरी खेल खेलेपनि चेल्सी समूह ‘एल’को विजेता बन्दै अघिल्लो चरणमा पुगेको हो । चेल्सीले १६ अंक बनाएको छ ।

 
त्यस्तै यसै समूहबाट बाते बोरिसाभ उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीवार राति सम्पन्न भएको खेलमा पीएओके एफसीलाई ३-१ ले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो । बोरिसोभले ६ खेलमा ९ अंक बनाएको छ ।

यता बेन्फिका, रियल बेटिस, क्लब बर्ग, सेल्टिक, डाइनामो जाग्रेब, डाइनामो किभ, फ्रांकफर्ट, गालातासारे, जेन्क र  इन्टर मिलानले आ—आफ्नो खेलमा जीत हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै क्रासनोडार, लाजियो, लिभरकुसेन, माल्मो, नेपोली, ओलम्पिकस, प्लेजेन, रापिड, रेन्नेस, साल्ज्बर्ग, सेभिया, शाख्टर, स्लाभिया, स्पोर्टिङ सिपि, भ्यालेन्सिया, भिया रियल, जेनिथ र जुरिच, फेनरवाच पनि नकआउट चरणमा पुगेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?