जी.के विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा निवार्चित

काठमाडौं ।  विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा भारतका माहन्तेश जी. के चयन भएका छन् । 

काठमाडौंमा सम्पन्न परिषद्को २१ औँ साधारणसभा तथा अधिवेशनले प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सल्मान बुखारी, द्वितीय उपाध्यक्षमा श्रीलङ्काका चामिण्डा पुष्प कुमारा, महासचिवमा अष्ट्रेलियाका रेमण्ड मोक्स्ली र कोषाध्यक्षमा नेपालका पवन घिमिरेलाई चयन गरेको हो । 

साधारणसभाले नेत्रहीन महिला क्रिकेट समूहलाई समेत यस पटकदेखि आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ । अपाङ्गता भएका व्यक्तिले जनसङ्ख्याका आधारमा राज्यका हरेक संरचनामा आफूहरुको समान सहभागिता हुुनुपर्ने माग गर्दै आएका छन् । 

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३२१ रहेका छन् । तीमध्ये शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, न्यून दृष्टियुक्त व्यक्ति १६ दशमलव ५ प्रतिशत र सुस्त श्रवण भएका व्यक्ति १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी व्यक्ति १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?