कमलनाथलाई मध्यप्रदेश मुख्यमन्त्रीको जिम्मेवारी

एजेन्सी । वरिष्ठ कांग्रेस नेता तथा पूर्व केन्दिय्र मन्त्री कमलनाथ मध्य प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

उनले चाडैं नै मुख्यमन्त्रीको शपथ ग्रहण समेत गर्ने बताइएको छ । बिहीवार राति कांग्रेसले सामाजिक सञ्चाल टिवटरमा ट्वीट गर्दै मध्य प्रदेशको लागि कमलनाथलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

कांग्रेस कमिटीका प्रदेशका अध्यक्ष समेत रहेका कमलनाथलाई कांग्रेस संसदिय दलको नेता समेत चुनेका थिए । विधानसभाको चुनाव जितेसँगै कमलनाथ मुख्यमन्त्री हुने चर्चा चल्दै आइरहेको थियो ।

यसअघि कमलनाथ र ज्योतिरादित्य सिंधियाले कांग्रेस अध्यक्ष राहुल गान्धीसँग भेटघाट समेत गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?