साफ च्याम्पियनसिपमा पनि उत्कृष्ट नजिता निकाल्ने छौं : हरि खड्का

काठमाडौं । साफ फुटबल प्रतियोगितालाई मध्यनजरमा राख्दै अहिले नेपाली महिला खेलाडीहरु प्रशिक्षणरत छन् । 

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताका लागि हाल ३३ जना महिला खेलाडीहरु पहिलो चरणको बन्द प्रशिक्षणमा छन् । खेलाडीलाई मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षण दिइरहेका छन् । प्रतियोगिता शुरु हुन तीन महिनामात्र बाँकी रहेको बेला टिमले खेलाडीलाई प्रशिक्षण दिन थालेको हो ।

प्रशिक्षक खड्काले महिला टिम सम्हाले लगतै नेपालले ऐतिहासिक सफलता समेत हात पारेको थियो । म्यान्मारमा सम्पन्न भएको ओलम्पिक एशिया छनोटको पहिलो सहभागितामा नै नेपालले ऐतिहासिक नतिजा निकालेको थियो ।

नेपालले सन् २०२० मा टोकियोमा हुने ओलम्पिकअन्तर्गत एशिया छनोट खेल्दै दोस्रो चरणमा स्थान तय गरेको थियो । अहिले महिला फुटबल टोली साफ फुटबलको उपाधि जित्ने लक्ष्यका साथ प्रशिक्षणरत छन् । 

साथै प्रशिक्षक खड्काले यस पटक पनि तयारी राम्रै भइरहेको बताए । ‘नेपाली टिमको तयारी अहिले राम्रै भएको छ, यसैगरि टिमको प्रर्दशनलाई सुधार गर्दै लाने हो भने साफ गेम्समा पनि हार्मी राम्रो नतिजा ल्याउछौँ’, उनले लोकपथलाई भने । 

उपराष्ट्रपति कपदेखि खेलाडीहरुको कमि कमजोरीलाई केलाएरलाई शक्तिमा बदल्न सफल भएका प्रशिक्षक खड्काले एक महिनाभित्र महिला टिमलाई मैत्रीपूर्ण खेल खेलाउन लागेको समेत लोकपथलाई जानकारी दिए । 

नेपाली महिला टिमको प्रर्दशनलाई मध्यनजरमा राख्दै आगामी फेब्रअरी महिनामा भारतभन्दा माथिल्लो रयाङकिङको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी भइरहेको छ, यहि दिन भन्ने पक्का चाँही भएको छैन्, सायद फेब्रअरीको पहिलो वा अन्तिम सातामा नेपालले मैत्रीपूर्ण खेल खेल्नेछ’, उनले थपे । 

प्रशिक्षक खड्काले भने, ‘टोकियो ओलम्पिकअन्तर्गत एशिया छनोटमा भारतविरुद्धको खेलमा एक-एक गोलको बराबरी खेलेपछि अहिले नेपाली टिमको मनोबल उच्च भएको छ, पछिल्लो समय बंगलादेशले पनि राम्रै खेल खेल्दै आइरहेको छ, त्यतिबेला पनि नेपालले बंगलादेशसँग बराबरीमा खेलेको थियो, आशा गरौं साफ च्याम्पियनसिपमा पनि उत्कृष्ट नजिता निकाल्ने छौं’ 

यसअघि नेपालले टोकियो ओलम्पिक एशिया छनोटको समूह ‘सी’ मा रहँदै उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । नेपालले समूहमा कुल ३ अंक बनाएपछि उत्कृष्ट तेस्रो टिम बन्दै दोस्रो चरणको यात्रा पक्का गरेको थियो । नेपाल रहेको समूहमा म्यान्मार विजेता तथा भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेको थियो । 

खेल तालिका सार्वजनिक

साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेलमा सहज टिम भुटान प्रतिद्धन्दी पाएको छ । 

प्रतियोगिताको खेल तालिका अनुसार पहिलो भेटमा नेपालले भुटानको सामना गर्नेछ । काठमाडौं बाहिर विराटनगरको शहिद रंगशालामा हुने दोस्रो खेलमा नेपालले पाकिस्ताविरुद्ध भिड्ने छ ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले विराटनगरमा खेलाइन लागेको यो प्रतियोगिता आउँदो मार्च १२ देखि २२ तारिखसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?