‘ए’ डिभिजन लिगमा पुलिस क्लबको शानदार जीत

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार जीत हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको खेलमा पुलिस क्लबले फ्रेन्ड्सलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको हो । खेल शुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै पुलिस क्लबका लागि अभिषेक रिजालले पहिलो गोल गर्दै क्लबलाई शरुवाती अग्रता दिलाए ।

उनले रवि पासवानले दिएको पासलाई दसुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । 

त्यस्तै खेलको २० औँ मिनेटमा रवि पासवानले गोल गरे ।  खेलको पहिलो हाफसम्म २-० गोल अनतरले अगाडि रहेको पुलिस क्लबले दोस्रो हाफमा थप तीन गोल ग-यो ।

खेलको ५९ औँ मिनेटका कप्तान भरत शाहले हेडमार्फत गोल गर्दै क्लबलाई तेब्बर अग्रता दिलाए । ६३ औँ मिनेटमा तेज तामाङले तथा ८६ औँ मिनेटमा निर कुमार राईले गोल गरेपछि फ्रेण्ड्स क्लब स्तब्ध बनेको हो ।

जितपछि पुलिस क्लबले ८ खेलबा १४ अंक बनाएको छ । त्यस्तै फ्रेन्ड्स ५ अंक सहित तालिकाको ११ औा स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?