चितवन टाइगर्सको प्ले अफमा पुग्ने सम्भावना कायमै, विराटनगर ५ रनले पराजित

काठमाडौं । चितवन टाइगर्सले जारी एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा शुक्रवार भएको खेलमा पृथु बास्कोटा कप्तान रहेको चितवन टाइर्गसले डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै पहिलो जीत निकालेको हो । 

चितवन टाइर्गले दिएको १ सय ९७ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको विराटनगरको पारी ८ विकेटको क्षतीमा मात्र १ सय ९१ रनमा समेटिएको थियो । विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले ९० रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले  ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए ।

त्यस्तै करण केसीले २४ रन, आसिफ शेखले ३० रन, कप्तान पारस खड्काले १९ रन तथा अनिल कुमार साहले १२ रनको योगदान दिए ।  खेलमा प्लेयर अफ दि म्याच समेत बनेका चितवनका ललित सिंह भण्डारीलेसर्वाधिक ४ विकेट तथा सागर ढकालले ३ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवन टाइर्गसले निर्धारित २० मा ४ विकेट गुमाउँदै १ सय ९६ रनको योगफल तयार पारेको थियो । चितवनका लागि जोन सिमप्सनले ७८ रनको अर्धशतकीय पारी खेले ।

दिपेन्द्र सिंह ऐरीले ३२ रन बनाउँदा ओपनर ब्याट्सम्यान सन्दीप सुनारले ३० रन जोडे । 

त्यस्तै जर्ज स्कटले २४ रन तथा पाउल स्टर्लिङले १५ रन बनाए । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले समान एक—एक विकेट हात पारेका थिए । जितपछि चितवन टाइर्गले ४ खेलबाट २ अंक मात्र बनाएको छ ।

शुक्रवारको जीतपछि चितवनले प्ले अफमा पुग्ने सम्भावनलाई कायमै बनाएको छ । ४ खेलबा ४ अंक नै बनाएको विराटनगर भने यसअघि नै प्ले अफमा पुगिसकेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?