बैंक अफ काठमाडौंले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । 

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४/७५ मा  एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरण योग्य मुनाफा गरेको थियो ।

बैंकको हाल चुक्ता पूँजी  सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी  आठ अर्ब भन्दा बढी पुग्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?