यूनिभर्सल हाइड्रो पावरले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ ।

बोर्डले कम्पनीलाई ९६ करोड लाख ६१ लाख बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर विक्रीको अनुमति दिइएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता साधारण शेयर बिक्री गर्नेछ ।

आयोजना प्रभावित दोलखा जिल्लाका गौरीशङ्कर गाउँपालिका वडा नं ५, ६ र ८, कालिञ्चोक गाउँपालिका वडा नं ३ र बिगु गाउँपालिका वडा नं ४ का बासिन्दालाई साधारण शेयर बिक्री गर्नेछ । 

त्यस्तै सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । इक्रा नेपालले गरेको विश्लेषणमा ‘ग्रेड चार’ प्राप्त गरेको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था सन्तोषजनक छैन भन्ने अवस्था हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?