काठमाडौं । उत्तरपश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोया सहरमा शनिबार राति गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ ।
अजरबैजान प्रान्तमा ५.९ रिक्टर स्केलको भूकम्पको मापन गरिएको थियो । टिआरटी वल्र्डका अनुसार भूकम्पमा परी सात जनाको मृत्यु भएको छ भने ४ सय ४० जना घाइते भएका छन् । खोइ बाहेक, धेरै नजिकका शहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो।
इरानी समाचार एजेन्सी इरनाका अनुसार भूकम्पको धक्का शक्तिशाली थियो र इरानको पश्चिमी अजरबैजान प्रान्तका धेरै क्षेत्रमा महसुस गरिएको थियो। छिमेकी पूर्वी अजरबैजानको प्रान्तीय राजधानी ताब्रिजलगायत धेरै शहरहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया