तपाईँको ओठ कालो छ ? यस्ता छन् गुलाबी बनाउँने उपाय

एजेन्सी। सामान्यतया हामी अनुहारलाई बिशेष ध्यान दिने गर्छौ । जाडो मौसममा ओठ फुट्ने, कालो देखिने ओठ सुख्खा हुने हुन्छ । 

भनिन्छ अक्सर चुरोट खाने मानिसहरुको ओठ कालो हुन्छ । सबैका  ओठ कालो हु्नुका कारण यो मात्र होइन धेरै मानिसहरु ओठ कालो भएका कारण समाधान खोजीरहेका हुन्छन् ।

 हामी यस्ता समस्याहरु बाट समाधान पाउन निम्न कुराहरुको उपयोग गर्न सक्छौँ । 

जैतुनको तेल 
एक चम्चा चिनीमा केहि थोपा जैतुनको तेल मिसाएर लगाउदाँ ओठ फुटेको निको हुनुको साथै ओठमा चमक आउँछ ।

खाने सोडा 
बेकिङ तथा खाने सोडामा केहि तेल मिसाएर १० १५ मिनेट जति हल्का रुपमा मसाज गर्नाले ओठमा चमक आउँछ साथै ओठको कालोपन हटेर जान्छ । 

मह 
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाएर हल्का मसाज गर्दा तपाईको ओठ नरम हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?