नुवाकोट मिनिट्रक दुर्घटना अपडेट : १० जनाको मृत्यु,प्रहरी घटनास्थल पुग्यो, घाईतेको उद्धार हुँदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को घ्याङफेदी भन्ने ठाउँमा भएको मिनिट्रक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

आईसरमा सवार अन्य ३५ जना घाईते भएका छन् ।

नुवाकोटको शिखरबेसीबाट शिशिकु भन्ने ठाउँमा जाँदै गरेको आईसर मिनिट्रक  दुर्घटनामा परेको हो ।

उकालो सडक र ओभरलोड भएका कारण मिनिट्रक  दुर्घटनामा परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै नुवाकोटबाट नवराज सुवेदीले लोकपथलाई जानकारी दिए ।

दुर्घटनामा कति जनाको ज्यान गएको हो भन्ने एकिन हुन बाँकी छ ।

हालसम्म १० जनाको शव फेला परेको छ । घाईतेलाई उपचारका लागि काठमाडौँ ल्याईदै छ ।  घटनास्थलमा प्रहरी पुगेको छ । घटनास्थलबाट घाईतेको उद्धार भईरहेको प्रहरी उपरीक्षक कैलाश भट्टराईले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?