काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति माघ १७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यसरी बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ ।
यि टे«जरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन १६ गते, २०८० बैशाख १९ गते, २०८० साउन १६ गते र २०८० माघ १६ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार यि ट्रेजरी बिलहरुमा १५ अर्ब १० करोड रुपैंयाँ पुरानो नविकरण अन्र्तगतको रहेपनि तीन सय ६४ दिने अवधिको छ अर्बको ट्रेजरी बिल भने नयाँ रहेको छ ।
राष्ट्र बैकले यसअघि यही माघ १० गते पनि तीन अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया