मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु, ७० भन्दा बढी बिरामी

एजेन्सी । भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। झण्डै ७० जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मन्दिरको प्रसाद नखाएका एक व्यक्तिका अनुसार पूजापछि भात र टमाटरको अचार खान दिइएको थियो । प्रसादका रूपमा दिइएको भातमा दुर्गन्ध आइरहेको थियो । 

केहीले त्यसलाई फ्याँकेका थिए भने खानेहरूलाई तत्कालै पेट दुख्ने र बान्ता हुन सुरु भएको थियो । फ्याँकिएको प्रसाद खाएका कागहरू समेत मरेका छन् । प्रहरीले घटनास्थलबाट खानेकुराको नमुना परीक्षणका लागि पठाएको छ भने मन्दिर प्रशासनका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । खानेकुरामा

विषादी मिसाइएको हुनसक्ने प्रहरीको आशंका छ । कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?