काठमाडौं, ५ कात्तिक –नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गोरखा २ बाट प्रतिनीधिसभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्तापछि उनले गोरखालाई विकासको नमुना जिल्ला बनाउने प्रतिक्रिया दिएका छन् ।उनले अहिलेको निर्वाचनले आगामी पााच बर्ष राजनीतिको मार्ग निर्देशन गर्ने भन्दै देशमा पहिला लोकतन्त्रको लडाईं मुख्य थियो भने अब मुख्य मुद्दा भनेको विकास र समृद्धि भएकोबताए ।उनले कांग्रेससँग मिलेर अघि बढ्नुको कारण खुलाउँदै भने ‘अहिलेको चुनावी प्रणालीले एउटै दलले बहुमत ल्याउन सक्ने अबस्था छैन । यस्तोमा विचार मिल्ने पार्टीहरुवीच तालमेल गरेर जान राम्रो हुन्छ । अरुले पनि गरेका छन् । हामीले गोरखामा नयाँ उदाहरण पेश गरेका छौँ ।’उनले आफूलाई जिताउन सबैसाग अपिल समेत गरे ।उनकै निर्वाचन क्षेत्रमा माओवादी प्रभावशाली नेता नारायणकाजी श्रेष्ठको उम्मेदवारी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया