१५ तस्वीरमा हेर्नुहोस ट्याटु क्रेज: सांस्कृतिकबाट फेसनतिर

शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने प्रचलन चलि आएको छ । 

तर पछिल्लो केहि वर्ष यता युवापुस्तामा ट्याटु मोह तीव्र रूपमा बढेको छ । विभिन्न ‘थिम’मा ट्याटु खोप्ने युवाको संख्या बढिरहेको छ ।

ट्याटुको परिभाषा के हो, सबैको आ आफ्ने धारण छ । शरिरका बिभिन्न अंगहरुमा ट्याटु खोपाउने प्रचलन धेरै अघिनै शुरुवात भएका हो । 

ट्याटुको इतिहास हेर्दा जापान, चीन, अस्ट्रेलिया, अमेरिका लगायतका धेरै मुलुकमा त्यहाँका आदिवासीले परम्परागत रूपमा शरीरमा चित्र खोप्ने गरेको पाइन्छ । नेपालका नेवार, गुरुङ, थारू लगायतका समुदायले सांस्कृतिक विश्वासका आधारमा शरीरमा ट्याटु खोपाउने पुरानो प्रचलन रहि आएको छ । 

मरेपछि आफूसँग केहि लान नमिल्ने भए पनि आफ्नो शरिरका अंगमा रहेको चित्र वा निशानी आफुसंगै जान्छ भन्ने धारणमा मानिसहरुले ट्याटु खोपाउने गर्थे । 
तर, पछिल्लो समय ट्याटु युवा पुस्तामाझ फेसनका रूपमा विकास भइसकेको छ ।

पहिले भगवान्का तस्बिर र मन्त्रहरू झल्किने साना ट्याटु बनाउने चलन थियो तर अहिले पूरै शरीरभरि विभिन्न आकृतिदेखि आफ्ना प्रमी प्रमिकाको तस्वीरसमेत खोपाउनेहरू भेटिन्छन् । 
युवतीहरू ग्ल्यामर देखिनका लागि अचेल कम्मर, पिठ्यूँ, तिघ्रा, नाइटोजस्ता ठाउँमा हिँड्दा, निहुरिँदा हल्का देखिने गरि ट्याटु बनाउँछन्। युवाहरू आफूलाई जंकी देखिने खालका ट्याटु बनाउन मन पराउँछन् । 


कतिपयले आवेगमा, कोही मन परेको भरमा ट्याटु खोपाउँने गरेका छन् तरसमय सँगै मानिसहरुको रुचि पनि परिवर्तन हुने भएकाले ट्याटु घाँडो हुने गरेको  छ । ट्याटु खोप्नभन्दा मेटाउन निकै खर्चिलो र गाह्रो हुने गरेको पइन्छ । जथाभावी ट्याटु खोप्दा छालाको एलर्जीदेखि हेपाटाइटिस बी, हेपाटाइटीस सी, एचआईभीसम्म सर्ने खतरा हुन्छ ।

तस्वीर: इन्टरनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?