विद्युत प्राधिकरणका सबै कार्यालयमा सेवाग्राही मैत्री वातावरण बनाउन उर्जामन्त्रीको निर्देशन

सिमरा ।  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् ।  

नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । 

उनले प्राधिकरणलाई आर्थीक,सेवा प्रवाह,उत्पादन र संचालनको हिसावले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्नेमा जोड दिए । 

आफुले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसंगै मन्त्रालयले प्रशारण लाइनको गुरु योजना सार्वजनिक गरेको भन्दै मन्त्री पुनले आगामी दिनमा प्रशारण लाइन व्यक्तिको प्रभावको आधारमा भन्दा प्राथमिकताको आधारमा निर्माण हुने दाबी गरे ।  उनले विद्युत प्राधिकरणका सवै कार्यालयमासेवाग्राही मैत्री वातावरण बनाउन समेत निर्देशन दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले देशमा ५ वर्षमा चाहिएजति विजुली दिन सरकार सक्षम रहेको भन्दै आगामी तीन वर्षभित्र देशका सवै भुभागमा विद्युत सेवा पुर्याउने सरकारको लक्ष्यलाई ध्यान दिन समेत आग्रह गरे । 

मन्त्री पुनले विद्युत प्राधिकरणको बोर्ड वैठकलेप्राधिकरणलाई संघिय संरचनामा लान कार्यदल बनाइसकेको जानकारी समेत उक्त अवसरमा दिए । उनले प्राधिकरणमा कसैको मुख हेरेर काम गर्ने भन्दा पनि कार्यसम्पादन हेर्ने र परिणामलाई आधार बनाएर मुल्यांकन गर्ने अवस्था आउनुपर्नेमा जोड दिए । 

‘अव तपाईहरुले कार्यसम्पँदन राम्रो गर्नुपर्यो,नेतृत्वले स्वविवकीय पक्षलाई भन्दा प्रणाली बसाल्नेतर्फ ध्यान पुर्याउछ यसले विद्युत प्राधिकरणको स्वास्थ्य र प्रगतीमा समेत सहयोग पुर्याउछ ।’मन्त्री पुनले भने । 

उनले सरुवा र बढुवाका लागी मन्त्री र कार्यकारी निर्देशककहां जानु पर्ने अवस्थाको अन्त्य गर्ने दाबी समेत गरे । मन्त्री पुनले सरकार ऐजेण्डा आर्थिक विकास र समृद्धिको रहेको भन्दै आगामी १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । 

उनले त्यसका लागी प्रशारण र वितरणमा सुधार ल्याउनुपर्नेमा जोड दिए । मन्त्री पुनलेट्रान्सफर्मर नपाएको,मिटर समयमा नपाइएकोलगायतका गुनासाहरु बढी आउनेगरेको भन्दै सेवाग्रहीको समस्यालाई ध्यानमा राखेर काम गर्न समेत निर्देशन दिए । 

कार्यक्रममा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव डा.सजय शर्माले वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिए ।  सचिव शर्माले चुहावट नियन्त्रण भए प्राधिकरणको आर्थीक हित हुने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?