एन्फाले ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

लोकपथ
84
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४३ जना खेलाडीलाई बोलाइएको हो ।

राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्समा शुरु हुने एन्फाले जनाएको छ । एन्फाले आइतबार अनन्त कुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

नेपाली महिला टोलीले भारतसँग फेब्रुअरी १३ देखि मैत्रीपूर्ण खेल खेल्दैछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : 

सावित्रा भण्डारी, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अमिषा कार्की, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दीपा शाही,घिम गुरुङ , गंगा गुरुङ, गीता राणा, हिमा चौधरी,सविता राना मगर, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ,हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, गौतम कुमारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?