श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्धारा राजिनामा

कोलम्बो ।  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् ।

राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् ।

राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उनले राजीनामा दिएका हुन् ।

वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन्  । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफुहरूको मुख्य मुद्दा हुने उनको भनाइ छ ।

उनलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उनले राजीनामा दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?