काठमाडौं । इटालीबाट मुम्बई जाँदै गरेको भिस्टारा विमानभित्रबाट कुटपिटको खबर बाहिरिएको छ ।
इटालीबाट मुम्बई जाँदै गरेको भिस्टारा युके २५६ विमानमा सवार एक महिला यात्रुले मादक पदार्थ सेवन गरी चालक दलका सदस्यलाई कुटपिट गरेकी हुन् । ति महिला यात्रुले विमान भित्रै आफ्नो लुगा पनि फुकालेकि थिइन् । उनको नाम पाओला पेरुचियो हो ।
विमान भित्र के भएको थियो ?
पाओला पेरुचियो इकोनोमी टिकटमा बिजनेश क्लासमा बसिरहेकी थिइन् । जानकारीका अनुसार महिलासँग इकोनोमी क्लासको टिकट थियो तर उनी गएर बिजनेस क्लासमा बसिन् । जब चालक दलका सदस्यले उनलाई आफ्नो सिटमा बस्न भने, उनले बहस गर्न थालिन् ।
पीडित चालक दलका सदस्यले महिलाले दुर्व्यवहार गर्न थालेको बताए । उनले मलाई कुटपिट गरिन्। चालक दलका अर्का सदस्य मलाई मद्दत गर्न आएपछि ती महिलाले मलाइलाई थुकिन्। यसपछि उनले कपडा फुकालिन् र यताउता घुम्न थालिन् । पछि कप्तानको निर्देशनमा चालक दलका सदस्यले महिलालाई समातेर लुगा लगाइदिए । उनलाई बेहोस गराउनको लागि सिटमा बाँधेर विमान अवतरण गरेपछि प्रहरीलाई बुझायौं । विमानका क्रु मेम्बरले भिने ।
विमान मुम्बईमा अवतरण गर्नेबित्तिकै पुलिसलाई बुझाइएको थियो र महिला विरुद्ध मुद्दा दर्ता गरिएको थियो। ती महिलालाई २५ हजार जरिवाना लगाएर जमानत दिइएको छ । तर, यस विषयमा अझै अनुसन्धान भइरहेको छ ।
त्यस्तै, जनवरी २३ मा दिल्लीबाट हैदरावादका लागि स्पाइसजेटको विमानमा केबिन क्रुले हातपात गरेका थिए। जनवरी ९ मा दिल्लीबाट पटना जाँदै गरेको इन्डिगोको फ्लाइटमा दुईजना मदिरा सेवन गरेका व्यक्तिले हंगामा मच्चाएका थिए । न्युयोर्कबाट मुम्बई आउँदै गरेको एयर इन्डियाको फ्लाइटमा शंकर मिश्रा नामका एक यात्रुले एक वृद्ध महिला यात्रुलाई पिसाब गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया