थाइल्यान्ड । नेपालका महेश्वर महर्जनले थाइल्यान्डमा भएको १० औँ विश्व शारीरिक सुगठन प्रतियेािगतामा स्वर्ण पदक जितेका छन् ।
महर्जनले चाङमईमा भएको शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स प्रतियोगितामा पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक हात पारेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेस्रो भएको थियो ।
विश्वस्तरमा नेपाली खेलाडीले स्वर्ण पदक जितेको यो पहिलो पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा महर्जनले जितेको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले सन् २०१६ मा भुटानमा सम्पन्न भएको ५० औँ एशियन शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० सेमीमा रजत पदक जितेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया