बक्सिङ खेलाडी छनोट सम्पन्न

काठमाडौं । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राजधानीमा माघ अन्तिम साता हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ को खेलाडी छनोट प्रतियोगिता विराटनगरमा  सम्पन्न भएको छ ।

पुरुष ५२ केजीमा सुनसरीका सुलभराज तुलाधर, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा झापाका तोबिन प्रधान, ६४ केजीमा झापाका अभिनय राई र ६९ केजीमा सुनसरीका राजेश गुरुङ छनोट भएका छन् । यता महिला ४८ केजीमा सुनसरीकी दिलकुमारी श्रेष्ठ छनोट भइन् ।

विजेतालाई प्रतियोगिता संयोजक राजिव श्रेष्ठ, प्रदेश १ का संयोजक श्याम पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?