महिला टी–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन

लोकपथ
14
Shares
;jf{]Ts[i6 v]nf8L aGg ;kmn af]x/f a}t8L,!* df3 M a}t8Lsf] bz/yrGb gu/kflnsfdf ;DkGg gu/:t/Lo dlxnf l6–@) lqms]6 k|ltof]lutfdf ;jf{]Ts[i6 v]nf8L aGg ;kmn b]lxdf8f}FsL sKtfg lk+sL af]x/f . lk+sLn] k|ltof]lutfe/ JolQmut !$( /g / % ljs]6 xft kf/]sL lyOg . tl:a/ M ljgf]b l;+x lji6÷/f;;

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै देहिमाडौँले रु २५ हजार, ट्रफी, मेडल प्राप्त ग¥यो । त्रिपुराले रु १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो । जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौँले सात दशमलव पाँच ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । कप्तान पिङ्की बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी एक–एक विकेट लिइन् ।

त्यसअघि निंग्लाशैनी खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले १४ दशमलव तीन ओभरमा ५९ रन बनाउँदै सबै विकेट गुमायो । उसका लागि माया टमटाले १० रन बनाइन् । देहिमाडौँका लागि निर्मला बोहरा, आरती बोहरा, वसन्ती बोहराले तीन–तीन विकेट हात पारिन् । देहिमाडौँकी वसन्ती बोहरा वुमन अफ दी फाइनल घोषित भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ४९ रन र पाँच विकेट हात पारेकी देहिमाडौँकी कप्तान पिङ्की बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले रु तीन हजार पुरस्कार पाइन् । यस्तै १० विकेट लिएकी देहिमाडौँकी वसन्ती बोहरा उत्कृष्ट बलर र एक सय ४९ रन बनाएकी देहिमाडौँकी पिङ्की बोहरा उत्कृष्ट ब्याटर चुनिइन् ।

दुवैले जनही रु एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा–९ ग्वाल्लेकको टोली अनुशासित टोली बन्यो । दनपा–१० बाराकोटकी पियान्सी चन्द उदीयमान खेलाडी घोषित भइन् । सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरू भएको प्रतियोगितामा नगरका सात टोली सहभागी थिए ।

यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले बताए । यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया, अञ्जली चन्द, द्रोपती कुँवर, रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।

समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाइले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?