म्यान्चेस्टर सिटी पुनः लिगको शीर्ष स्थानमा उक्लियो, टोट्नह्यामद्वारा बर्नली स्तब्ध

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी जारी इंग्लिुस प्रिमियर लिग फु्टबल प्रतियोगिताको शीर्ष स्थानमा पुनः उक्लिएको छ । 

आफ्नो घरेलु मैदानमा शनिवार राति सम्पन्न भएको १७ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले इभर्टनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । खेल शुरु भएको २२ मिनेट पनि बित्न नपाउँदै सिटीका लागि ग्राबियल जिससले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल ग-यो । ५० औँ मिनेटमा जिससले दोस्रो गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । यता खेलको ६५ औँ मिनेटमा एभर्टनका लागि डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै खेललाई २-१ स्थितीमा ल्याए ।

खेलको ६९ औा मिनेटमा सिटीका लागि रहिम स्टर्लिङले गोल गरे । निर्धारित समयसम्म इभर्टनले पनि हेी गोल गर्ने मौका पाएपनि सदुपयोग भने नर्ग सकेन र खेलमा हार बेहो-र्यो । जितपछि म्यान्चेस्टर सिटीले ४४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको भने ४२ अंक छ र एक खेल कम खेलेको छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा टोट्नह्यामले बर्नलीलाई १-० गोल अन्तरले पराजित ग-यो । टोट्नह्यामका लागि  क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

जीतपछि टोट्नह्याम  १७ खेलबाट ३९ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । 

यता शनिवार राति नै भएका अन्य खेलहरुमा उल्भसले  बर्नेमाउथलाई २-० गोलले, वाट्फोर्डले कार्डिफ सिटीलाई ३-२ गोलले, न्युकासलले हडर्सफिल्डलाई १-० गोलले,वेस्टह्यामले फुलह्यामलाई २-० गोलले तथा क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई समान १-० गोल अन्तरले पराजित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?