काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छिन् ।
सामन्था फेब्रुअरीको पहिलो साता नेपाल आउन लागेको यूएसआईडीले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
कुन मितिमा आउने प्रस्ट पारिएको भने छैन । भ्रमणका क्रममा पावरले नेपालका नागरिक समाजका अगुवाहरु, विभिन्न सामूदायीक समूहहरु, व्यवसायी, विद्यार्थीहरु, सरकारी अधिकारीहरुलाई भेट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिबारे समेत छलफल गर्ने बताइएको छ ।
त्यस्तै उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्ष लामो सम्बन्धलाई जोड दिने उल्लेख गरिएको छ ।
त्यसैगरी पावरले नेपालको संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरुलाई बलियो बनाउका लागि गति निर्माण गर्ने नयाँ प्रयासहरुको घोषणा गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यतिमात्र नभएर यूएसआईडीको नेपाल र नेपाल सरकारसँग गरेको प्रतिबद्धताहरु बढाउने विषयमा समेत छलफल हुने बताइएको छ ।
नयाँ सरकार अमेरिकी राजनीतिक मामिलाकी उपमन्त्री भिक्टोरीया न्युल्यान्ड स्वदेश फर्किएसँगै अन्तराष्ट्रियस्तरबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो । उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया