रियल म्याड्रिड लिगको तेस्रो स्थानमा उक्लियो

एजेन्सी । रियल म्याड्रिड जारी स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । 

आफ्नो घरेलु मैदानमा शनिवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिडले रायो भाल्लेकानोलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडका लागि करीम बेन्जिमाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

उनले खेलको १३ औँ मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले अगाडि रहेको रियल म्याड्रिडले दोस्रो हाफमा भने गोल गर्न सकेन् ।

निर्धारित समयसम्म रायो भाल्लेकानोले पनि केही गोल गर्ने मौका पाए पनि सदपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । जितपछि रियल म्याड्रिडले १६ खेलबाट २९ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३१ अंक छ ।

१० अंक मात्र बनाएको रायो भाल्लेकानो रेलिगेसन जोनमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिडले रियल भाल्लाडोलिटलाई ३-२ गोल अन्तर तथा गेटाफेले रियल सोसिडाटलाई १-० गोल अन्तरले हरायो । यता भ्यालेनिसया र इबारबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?