काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ । पोखरामा भएको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।
क्यानले भनेको छ – ‘सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि निम्न बमोजिम १८ जना पुरुष खेलाडी र १२
जना महिला खेलाडीहरूलाई केन्द्रीय करारमा राख्ने निर्णय गरियो ।’
पुरुष खेलाडीहरूको नामावली :
ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख
ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल ग्रेड सी : कमल सिंह ऐरी, विनोद भण्डारी, गुलशन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल सागर ढकाल, विवेक यादव महिला
महिला खेलाडीहरूको नामावली
ग्रेड ए : रुविना क्षत्री, सीता राना मगर, इन्दु बर्मा
ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर अस्मिना कर्माचार्य
ग्रेड सी : कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी,ज्योति पाण्डे, अप्सरी बेगम
यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा रहेका छन् ।
महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया