राजनीतिक परिवर्तनलाई न्यायक्षेत्रले साथ दिएन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रगतिशिल परिवर्तनलाई न्याय क्षेत्रले साथ नदिएको टिप्पणी गरेका छन् ।

तत्कालिन एमाले र माओवादी नकिटका कानून व्यवसायी संगठनको एकतापछि आयोजित कार्यक्रममा प्रचण्डले परिवर्तमा न्यायक्षेत्रको प्रभाव कम देखिएको बताए । 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित एकता घोषणामा उनले परिवर्तनको भूमिकामा राज्यका तीनै अंगबीच संगति गर्न गाह्रो हुने गरेको बताए । उनले भने, ‘कार्यपालिका,व्यवस्थापिका र न्यापालिकाबीच न्यायको पक्षमा संगति बढाउनु पर्नेछ ।’

कार्यपालिका,व्यवस्थापालिका र न्यायपालिकाबीच सम्बन्ध सुमधुर नभएका कारणले नमिठो अनुभव बेहोर्नु परेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?