नेपालले किन बन्द गर्‍यो भारतीय नोट ?

काठमाडौं – नेपाल सरकारले नेपालमा भारतीय रुपैँयामा प्रतिबन्ध लगाएको छ ।

नेपालमा भारतीय १०० नोट भन्दा बढीको नोट नचलने भएको हो । प्रतिबन्ध भन्दा पहिले, भारतका सबै नोटहरू नेपालमा चल्ने गरेका थिए । 

आखिर नेपालले अचानक यो निर्णय किन लियो ?

हालै मात्र सम्पन्न भएको नेपालको मन्त्री परिषदको बैठकमा नेपालमा २००, ५०० र २ हजारका भारतीय नोट अवैध हुनेछ भन्ने निर्णय लिएर सूचना जारी गरेको थियो । 

सबै भन्दा आश्चर्य लाग्दो कुरा के हो भने अहिले सम्म नेपाल सरकारले किन यो निर्णय गर्यो भन्ने बारेका कुनै पनि औपचारिक ठोस जवाफ दिएको छैन् । नेपालको तर्फबाट जारी भएको आधिकारिक सूचनामा स्पष्टसँग कारणहरु बताइएका छैनन् । यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ कि, नेपाललाई अचानक यस्तो निर्णयको आवश्यकता किन पर्यो ? 

नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेका अनुसार, यो फैसला किन लिइयो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन ।

उनी भन्छन्, ‘अवश्य पनि जनतामा यस्को नकरात्मक असर पर्छ । विशेषगरी सीमा क्षेत्रका इलाकामा भारतीय व्यापारीलाई यसले समस्या पर्न सक्छ । मलाई लाग्दैन कि, यसले भारतलाई कुनै प्रकारको घाटा हुन्छ । यसले दुवै देशका ती कामदारहरुलाई समस्या हुनसक्छ, जो एक अर्काको देशमा जागिर र व्यापार गर्दौ आइरहेका छन् । 

प्रभावकारी होला त निर्णय ? 

नेपाल सरकारको यो निर्णय कत्तिको व्यवहारिक होला? नेपाल सरकारले १०० भन्दा माथिको भारतीय नोटमा प्रतिवन्ध गर्दा मानिसहरुले कारोबार बन्द गर्लान् ? यो प्रश्नको उत्तरमा घिमिरे भनछन् , यो प्रश्न साचिकै महत्वपूर्ण छ कि, के सरकारको निर्णय प्रभावकारी होला ? त्यो पनि तब, जब यो नोट न त लिनेलाई समस्या छ, न त दिनेलाई नै ।’

घिमिरेको अनुसार भारतीय नोटमाथि नेपाल सरकारले प्रतिबन्ध लगाउनुमा एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ । उनी भन्छन्, ‘सन् १९९९ मा जब भारतको यात्री विमानलमई आत्कवादीहरुले हाइज्याक गरेका थिए, तब भारत सरकारको अनुरोधमा नेपालले ५०० दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतले नोटबन्दी गर्दा नेपालमा पनि ५०० तथा १००० का पुराना भारतीय नोट रहेको थियो । हालसम्म पनि यी पुराना नोटको कुनै समाधान निकालिएको छैन् । स्पष्ट छ कि, नोटबन्दीको निर्णयबाट नेपाललाई नोक्सानी भएको थियो । तर हाल नेपालले जुन निर्णय लिएको छ, यसले कुनै पनि असर पर्ने छैन ।’

उक्त नोटबन्दीका कारण नेपाल र भुटानलाई ठूलै खाटा भएको थियो । भारतको वित्त मन्त्रालयले दुवै देशमा रहेको पुरानो नोटको विषयमा हालसम्म कुनै पनि ठोस कदम लिइएको छैन् ।

तर नेपाल सरकारले जुन पनि फैशला गरेको छ , त्यो पहिला देखिनै योजनामा थिए । नेपाल र भुटानसँग भारतको कुनै पनि औपचारिक सम्झौता भएको छैन कि, नेपालमा भारतीय मुद्राको खरिद र व्यापार कानूनी होस । 

पहिले पनि थियो प्रतिबन्ध

नेपालको बजारमा पारम्परिक रुपमा भारतीय नोटमा कुनै पनि प्रकारको प्रतिबन्ध लगाइएको छैन् । भारतमा पनि नेपाली नागरिकहरुका लागि जागिर र कारोबार गर्नका लागि छुट दिइँदै आइएको छ । भारतको फेमा कानुन अर्थात् फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्टका अनुसार, नेपाल जाने व्यक्तिले आफ्नो साथमा २५ हजार रुपैयाँ नगदसम्म लिएर जान सक्नेछन् ।

नेपालमा सन् २०१४ सम्म ५०० र १००० को नोट लेनदेनमा प्रतिबन्ध थियो । तर यस्तो भारत सरकारको अनुरोधमा नै गरिएको थियो । अगस्ट २०१५ मा उक्त प्रतिबन्ध हटाइएको थियो । 

सन् १९५७ देखि भारतीय एक रुपया नेपालको १.६ रुपैयाँ बराबर रहेको छ । यो मूल्य नेपाल राष्ट्र बैंक र आरबीआईका बीच भएको सम्झौतामा तय भएको थियो । बीबीसी हिन्दीबाट अनुदित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?