काठमाडौं । एशियाकै सबैभन्दा धनी बनेका भारतीय व्यापारी गौतम अडानीको उक्त ताज खोसिएको छ ।
अडानीको धनको साम्राज्य धोखाधडीबाट खडा भएको भन्ने अमेरिकी एक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि उनी विश्वका तेस्रो एवं एशियाको पहिलो धनीको सूचीबाट तल झरेका हुन् ।
अमेरिकास्थित हिडेनबर्ग अनुसन्धान संस्थाले गरेको अनुसन्धानमा गौतमले अनेक जालसाजी र धोखाधडीबाट धनको साम्राज्य तयार गरेको उल्लेख गरिएको छ । धनीहरुको सूची र तिनका बारेमा समाचार दिने पत्रिका फोर्ब्सका अनुसार उनको ओरालो यात्रा पनि आश्चर्यजनक रुपमा भएको छ ।
बुधबार मात्र उनले १३ बिलियन डलर गुमाएका उनी विश्वका तेस्रो धनीबाट एकाएक १५ औं स्थानमा झरेको फोर्ब्सले जनाएको छ । जबकी दिन शुरु हुँदा उनी आठौं स्थानमा रहेका थिए । एकै सातामा उनी तेस्रोबाट पन्ध्रौं स्थानमा झरेका हुन् ।
एकै दिन २८ प्रतिशतभन्दा बढीले नाकै ठोस्सिने गरी अडानी ओरालो यात्रा लाग्दा भारतका अर्का खरबपति व्यापारी मुकेश अम्बानी भने ८३ दशमलव ८ बिलियन सम्पत्तिसहित नवौं स्थानमा कायम छन् ।
फोर्ब्सका अनुसार आजका दिनमा अडानीको बहुराष्ट्रिय कम्पनीहरुको शेयर ७५ बिलियन डलरभन्दा केही बढी बरारबरको रहेको छ । हिडेनबर्गको अनुसन्धान प्रतिवेदन गत साता मात्र सार्वजनिक भएको थियो ।
हिडेनबर्गले गलत प्रतिवेदन दिएको भन्दै त्यसविरुद्ध मुद्दा गर्ने अडानीले बताइसकेका छन् । यो बीचमा उनले ५० बिलियन अमेरिकी डलर गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया