दुई पटक पेनाल्टीमा गोल गर्न चुके एमबाप्पे, पीएसजी विजयी

लोकपथ
434
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टपेलियरविरुद्ध सहज जित निकालेको खेलमा केलियन एमबाप्पे दुई पटक पेनाल्टीमा गोल गर्न चुकेका थिए । यस्तै चोट बोक्दै एमबाप्पे खेलको २१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । दोस्रो हाफमा भने पीएसजीले तीन गोल गर्यो ।

एमबाप्पे पेनाल्टीमा चुके, पीएसजी विजयी

खेलको ५५ औं मिनेटमा फाबियन रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि पीएसजीले २-० गोलको अग्रता बनायो । खेलको ८९ औं मिनेटमा नोर्डीनले गोल गर्दै मोन्टपेलियरलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।

यस जितसँगै २१ खेलमा ५१ अंक जोड्दै पीएसजी शीर्ष स्थानमा रहेको छ । मोन्टपेलियर २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?