प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार नुवाकोटको प्रहरी प्रमुखमा कृष्ण बहादुर पल्लीमगरलाई पठाइएको छ । पल्लिमगर यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत थिए ।
नुवाकोटका एसपी बसन्त कुँवरलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालयमा कार्यरत रविन्द्र केसीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया