‘शुभ लभ’ पोस्टरमा हरिहर र कृष्टिन

 काठमाडौं । चलचित्र ‘शुभ लभ’ युनिटले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचरिङ गरिएको पोस्टर प्रेम झल्काउने खालको छ ।

हरिहर र कृष्टिनको डेब्यु फिल्म समेत रहेको यो फिल्म बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो भने सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । आउँदो चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई यो फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । यस्तै चलचित्रलाई धर्मराज शर्मा सुवेदीले निर्माण गरेका हुन् ।

हरिहर अधिकारी र कृष्टिन पौडेलसँगै डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?