महिला विश्वकप क्रिकेटको छनोट फागुनमा हुने

काठमाडौँ–सन् २०२० मा आयोजना हुने आइसिसी महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ ।

थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ ।
छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट र आइसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?