काठमाडौं । नेपालले आज बंगलादेशसँग खेल खेल्दैछ । बंगलादेशमा आयोजना हने साफ यू-२० महिला च्याम्पियनसिपको खेलमा नेपालले बंगलादेशको समना गर्न लागेको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे शुरु हुनेछ । नेपाल च्याम्पियनसिपमा सुखद सुरुवातको योजनामा हुनेछ ।
नेपालका लागि प्रिती राईको कप्तानी गर्नेछिन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया