एजेन्सी । जारी स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ ।
आइतवार राति सम्पन्न भएको १६ औँ चरणको खेलमा बार्सिलोनाले लेभान्तेलाई ५-० को भारी गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरे । मेस्सीको ला लिगा फुटबलमा यो ३१ औँ ह्याट्रिक हो ।
उनले जारी ला लिगामा १४ गोल गर्दै यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा समेत रहेका छन् । खेलको ३५ औँ मिनेटमा बार्सिलोनाले लुइस स्वारेजको गोलमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै ४३ औँ मिनेटमा मेस्सीले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे ।
एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल ग-यो । ४७ औँ र ६० औँ मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक गरे ।
७६ औँ मिनेटमा इरिक काबाकोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेभान्ते १० खेलाडीमा सिमित भएको थियो । ८१ औँ मिनेटमा गेरार्ड पेकेले गोलगरेपछि लेभान्ते स्तब्ध बनेको थियो । जितपछि उपाधि होडमा रहेको बार्सिलोनाले ३४ अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको सेभिल्लाको ३१ अंक छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा सेभिल्लाले गिरोनालाई २-० गोलले तथा रियल बेटिसले इस्पानियोललाई ३-१ गोल अन्तरले पराजित ग-यो । यता हुएस्का र भिल्लारियलबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया